नेपाली भाषा-साहित्यलाई टेवा पुर्याउॅदै तारा-किशन फाउन्डेशन

Tara Kishan

नेपाली भाषा-साहित्यलाई टेवा पुर्याउॅदै तारा-किशन फाउन्डेशन

अगस्ट २६ तारिख शनिवार न्युयोर्क ज्याक्सनहाईट स्थित सत्यानारायण मन्दिरमा अरू भन्दा पृथक किसिमको कार्यक्रम सम्पन्न भएको थियो ।

Tara Kishan

नेपाली भाषा-साहित्य र सॅस्कृतिको अभिवृद्धि गर्ने सोचले आयोजना गरेको उक्त कार्यक्रममा प्रवासमा आफ्नो अमूल्य समय दिएर नेपाली भाषा-साहित्यलाई टेवा पुर्याउॅदै सकृय रूपमा काम गर्दै आउनु भएका संचारकर्मीहरूले अमेरिका स्थित दर्ता गराएर आफ्नो सकृयताले नेपाली भाषाप्रति अविरल रूपमा क्रियाशील नेपाली पत्रकारहरू किशोर पंन्थी, किरण मरहठ्ठा , ज्योति कुमार श्रेष्ठ, ॲकुर लुईटेल, प्रदिप परियार थापा , विष्णु पौडेल ,गोविन्द गिरी प्रेरणा, योगेश आदी र खडग बहादुर पुलामी लाई तारा-किशन फाउन्डेशनले सम्मान गरेको थियो । त्यसैगरी वरिष्ठ देउडा गायक तथा संचारकर्मी श्री शंकरसिंह विष्ट र डेउडा गायिका श्री चाँदनी मल्ललाई पनि सम्मान गरिएको थियो ।

Tara Kishan
अमेरिकाका लागि न्यूयोर्क स्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको सो सम्मान कार्यक्रममा नेपाली समुदायका सबै क्षेत्रका मान्यजन व्यक्तित्वहरू लगायत 30th district का Assembly man Steven Raga को पनि उपस्थिति रहेको थियो ।त्यसैगरी उक्त कार्यक्रममा न्युयोर्कवाट सॅन्चालित सरल नेपाली भाषा तथा सॅस्कृति केन्द्रका विद्यर्थीले दुबै देशको राष्ट्रियगान र स्वागत नृत्य प्रस्तुत गर्नु भएको थियो । सोही स्कूलबाट सहभागी बन्नु भएका भाई -बहिनीहरू र भोलेन्टर शिक्षिकाहरू स्वयमसेविका मान्यता वस्ती ,शाकिरा रिमाल लगायत नृत्य सिकाउनेलाई पनि प्रमुख अथतिबाट प्रमाण पत्र वितरण गरिएको थियो । साहित्यकार शकुन ज्ञवालीले सन्न्चालन गर्नुभएको समारोहमा तारा-किशन फाउन्डेसनका संरक्षक तारा धामीको अध्यक्षता ,शॅकर सिॅह बिष्ट र प्राज्ञ चॅादनी मल्लको विशेष अतिथि र प्रमुख अथिति लगायतले पानसमा बत्ति बालेर कार्यक्रमको शुभारम्भ भएको थियो । सोहि अवसरमा साहित्यकार विजया सिॅखडा, गोर्खा समाजका सॅस्थापक तथा रोटरी क्लबका पुर्व अध्यक्ष खेम भट्ट, एन .आर .एन .ए न्युयोर्क च्याप्टरका पूर्व उपाध्यक्ष समाजसेवी शोभाकान्त पान्डे ,साहित्यकार/ पत्रकार गेविन्द गिरी प्रेरणा ,पत्रकारहरू किशोर पन्थी ,किरण मरहट्ठा , ज्योति कुमार श्रेष्ठ, प्रमुख अथिति महावाणिज्यदूत, शंकर सिॅह बिष्ट ,चॅादनी मल्लले आफ्नो मन्तब्यद्वारा नेपाली भाषा, साहित्य र सॅस्कृतिकको प्रवर्धनका निम्ति गर्नु भएको योगदान अति प्रशंसनीय छ भन्नुभयो । कार्यक्रममा साहित्य-पत्रकार ज्योति कुमार श्रेष्ठले तारा-किशन फाउन्डेशनका सल्लाहकार तथा कवि किशन सिॅह धामीको नाममा कोरिएको कविताले सबैको मन छोएको थियो । यसै क्रममा फाउन्डेसनका सल्लाहकार तथा कवि किशन सिॅह धामीले प्रवासमा यदि नेपाली भाषा लाई संरक्षण गर्छ र नेपाली समाजलाई एकताबद्ध गर्छ भने त्यो नेपाली भाषाको पत्रकारिताले गर्न सक्छ ।

Tara Kishan
लोभ लालच र डाह ईर्ष्या छोडेर ऐकबद्धताको प्रतिबद्धताको यदि कसैले गर्छ भने त्यो नेपाली भाषाको पत्रकारिताले गर्छ भन्दै आफ्नो महत्वपूर्ण अभिव्यक्ति राख्नुभएको थियो ।

Tara Kishan
विशेष अवसरमा राखिएको उक्त कार्यक्रममा सुदुर पश्चिमको परम्परादेखि चल्दै आएको सॅस्कृति गौरा देवीको प्रतिमाको पूजा गर्दै देउडा ,तीजका गीत नाच र स-साना भाई र बहिनीहरूको सुव्दर प्रस्तुतिका साथ निकै रमाईलो माहोल सिर्जना भएको थियो । भाषा -साहित्य र सॅस्कृतिको प्रबर्धनको लागि गरिएको कार्यक्रममा आफ्नो छोटो मीठो मन्तव्का साथ तारा-किशन फाउन्डेशनका सॅरक्षक तारा धामीले सबैलाई धन्यवाद दिएर समापन भएको जानकारी दिनु भएको थियो ।तारा-किशन फाउन्डेशनलाई हार्दिक बधाई एवं उत्तरेत्तर प्रगतिको कामना गर्दछौं !


Comments: