मानव सेवा आश्रम, सामाखुसीलाई तारा-किशन फाउन्डेसनको सहयोग
तारा-किशन फाउन्डेसनले मानव सेवा आश्रममा आश्रित आमाहरूलाई सिरक वितरण गरिएको छ । काठमाडौँको सामाखुसीमा शाखा रहेको मानव सेवा आश्रममा फाउन्डेसनले यो जाडोलाई लक्षित गर्दै सिरक वितरण गरेको छ ।
यसै सन्दर्भमा फाउन्डेसनका डाइरेक्टर आरती धामीले आफ्नो नवजात शिशुको नामांकरणको पवित्र दिनलाई सम्झदै आमा हुनुको पीडा र सन्तान प्राप्तिको खुसीमा रमाउँदै यहाँ उपस्थित हुनुभएका सम्पूर्ण भगवान रुपी आमाहरूको सुस्वास्थ्यको न्यानो कामना गर्दै फाउन्डेसन परिवार र नवजात शिशुलाई आशीर्वाद भन्ने यो सानो कार्यको आयोजना नेपाल शाखाका प्रतिनिधि श्री राज तिमल्सिनाको सहयोगमा सिरक र खाना वितरण गरिएको छ ।
हाल यस मानवसेवा आश्रमको सामाखुसी शाखामा ५३ जना आमा तथा बहिनीहरू आश्रित हुनुहुन्छ । फाउन्डेसनले यस अघि पनि विभिन्न संघसंस्था र विपन्न व्यक्तिहरूलाई विभिन्न सहयोग पुर्याउँदै आउनुभएको छ । फाउन्डेसनका संरक्षक तारा धामीले भविष्यमा पनि आफ्नो फाउन्डेसनले सक्ने सहयोग गर्ने बताउनुभएको छ । तारा-किशन फाउन्डेसनको मुख्यालय न्युयोर्क, अमेरिकामा छ ।
Comments: