न्यूयोर्कमा स्रष्टा

Kishan Dhami

न्यूयोर्कमा स्रष्टा

न्यू योर्कमा रहनु हुने साथै न्यू योर्क बाहिर संसारको जुनसुकै ठाँउमा बस्ने स्रष्टाहरुका सिर्जनाहरु नियमित रुपमा सुन्ने कार्यक्रम “न्यूयोर्कमा स्रष्टा” अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरको आयोजनामा यही २ फेब्रुअरी आइतबार ज्याक्सन हाइट्समा सम्पन्न भएको छ। कार्यक्रमको शुरुवात नेपाली तथा अमेरिकी राष्ट्रिय गान बजाइएको थियो र च्याप्टर उपाध्यक्ष शान्ता घिमिरे अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सबै साहित्यमा आस्था र विश्वास राख्ने सबैलाई हार्दिक स्वागत गर्नु भएको थियो।

यस कार्यक्रम च्याप्टरको नियमित हुने र आगामी दिनहरुमा हरेक ३ महिनामा गर्ने संस्थाको सोच रहेको छ। पहिलो कार्यक्रम अन्तर्गत न्युयोर्क लाई कर्मथलो बनाई साहित्य मा साधनारत साहित्यकार हरु क्रमश : किशन सिंह धामी , बिनोद रोका, डा। मधु माधुर्य र पदमा लिंखा मगर हरुद्वारा आ आफ्ना विविध रचनाहरु वाचन गरिएको थियो।

Kishan Dhami

कार्यक्रमको शुरुवातमा अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्रीको हालै मात्र अंग्रेजीमा अनुवादित कथा संग्रह “Seamless Desires “को लोकार्पण सम्मानित ४ जनै स्रष्टा सहित च्याप्टर अध्यक्ष शकुन ज्ञवाली र अनेसास केन्द्रका कोषाधक्ष्य विकास बिष्टद्वारा संयुक्त रुपमा गरिएको थियो। पुस्तकका बारे छोटो मन्तव्य कथाकारले राख्नु भएपछी पुस्तकबारे विस्तृत रुपमा अंग्रेजीमा एक दर्जन भन्दा बढी पुस्तक प्रकाशित गरिसकेका युवा लेखक तथा सामाजिक कार्यहरुमा सक्रिय व्यक्तित्व राजन थपलियाले चर्चा गर्नुभएको थियो। थपलियाले कृतिकारलाइ आधुनिक प्रयोगवादी कथाकार भनेर उल्लेख समेत गर्नुभएको थियो।

Kishan Dhami

कथाकारलाई फुलको गुच्छा तथा दोसल्ला ओढाएर र सम्मानित चारैजना स्रष्टालाई प्रमाणपत्र, दोसल्ला र पुष्प गुच्छाबाट च्याप्टर अध्यक्ष र केन्द्रिय कोषाध्यक्ष्यले सम्मानित गर्नु भएको थियो। त्यसैगरी आफ्नो ४ बर्षे कार्यकाल सकाएका च्याप्टरका निवर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठ लाइ पनि विशेष योगदानको कदर गरेर सम्मान पत्र प्रदान , दोसल्ला र फूलको गुच्छा प्रदान गरिएको थियो।

Kishan Dhami

कार्यक्रममा किशन सिंह धामीले आफ्ना अनुभव, जीवनी र आफ्ना लोकप्रिय कविताहरु सुनाउनु भयो र साथै नया छन्द कविता पनि सुनाउनु भयो। बिनोद रोकाको प्रस्तुतिमा छोटा लामा कविता तथा गीतहरु रहेका थिए जसले उपस्थित सबैलाई हर्षित बनाएका थिए। डा मधु माधुर्यले आफ्ना हाइकु,मुक्तक र क्वान्टम कविता र गीति कविताले श्रोताहरुलाई प्रसन्न बनाउनु भएको थियो। अन्त्यमा साहित्यकार तथा समाजसेवी पदमा लिंखा मगरले आफ्ना मिठा मिठा गीत , गजल र कविता सुनाउनु भएको थियो।

Kishan Dhami

च्याप्टर महासचिव राजन महर्जनले संचालन गरेको सो कार्यक्रमलाइ अन्त्यमा च्याप्टर अध्यक्ष धन्यवाद ज्ञापन गरेर समापन गर्नु भएको उक्त कार्यक्रममा स्थानिय साहित्यप्रेमी महानुभाबहरु को उपस्थितिले कार्यक्रम लाई रोचक बनाएको थियो।

Kishan Dhami

Original Source : nepalayanews.com


Comments: