किशन सिंह धामीको कवितासंग्रह ‘सम्बोधन छोरीलाई’ माथि अन्तरक्रिया सम्पन्न

kishan dhami

किशन सिंह धामीको कवितासंग्रह ‘सम्बोधन छोरीलाई’ माथि अन्तरक्रिया सम्पन्न

काठमाडौँ- अन्तराष्ट्रिय नपेली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित साहित्यकार तथा समाजसेवी किशन सिंह धामीको कवितासंग्रह ‘सम्बोधन छोरीलाई’ माथि अन्तरक्रिया सम्पन्न गरिएको छ। काठमाडौँ मा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न्न उक्त कार्यक्रममा प्राडा उषा ठाकुरले प्रमुख अतिथिको भूमिका निभाउनु भएको थियो। पुस्तकमाथि साहित्यकारहरू बिमला तुम्खेवा, प्रभा बराल, ज्ञानु अधिकारि र सन्ध्या पहाडीले बोल्नु भएको थियो। अनेसास नेपाल च्याप्टरका अध्यक्ष तथा राष्ट्रिका साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषभ देव घिमिरेद्वारा साहित्यकार धामीलाई सम्मान अर्पण गरिएको थियो।

kishan dhami
कार्यक्रममा स्वागत मन्तव्य अनेसासका उपाध्यक्ष निर्मल रमण पराजुलीले गर्नु भएको थियो। श्रीपंचमीको अवसरमा सरस्वतीको प्रतिमामा पूजा अर्चना गरेर कार्यक्रमलाई सुरु गरिएको थियो। अनेसास नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले संचालन गरेको उक्त कार्यक्रममा डा शशी पण्डित, राधा दुलाल, वसन्त अज्ञातलगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो।

kishan dhami

स्राेतः https://himalayadiary.com/


Comments: