दुई कृति एकै मंचमा: ‘सम्बोधनमा छोरी’ र ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ सार्वजनिक
काठमाडौं। कवि किशनसिंह धामीको कविता संग्रह ‘सम्बोधनमा छोरी’ र समालोचक डा. हिरण्यलाल ज्ञवालीको कृति ‘एटलान्टिकका भँगालामा डुबुल्की मार्दा’ एकै साथ साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा लोकार्पण गरिएको छ।
कार्यक्रमको सुरुवात सभापति लेकालीले अतिथिलाई स्वागत गर्दै धामीको निरन्तर साहित्यिक यात्राको प्रशंसा गर्दै भयो।

प्रमुख अतिथि विष्णुविभू घिमिरेले नेपाली साहित्य पछिल्ला वर्षमा तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै दुई कृति प्रकाशित भएकोमा शुभकामना दिए।
समालोचक प्रमोद प्रधानले ज्ञवालीको पुस्तकले कवि धामीका रचनालाई नयाँ कोणबाट प्रस्तुत गरेको टिप्पणी गरे।

कवि धामीको *‘सम्बोधनमा छोरी’*बारे वरिष्ठ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतमले बोल्दै—
“छोरी भएका जो–कोहीले यो कृति अवश्य पढ्नुपर्छ,”—भने।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ र डा. ज्ञवालीसहित अन्य अतिथि उपस्थित थिए।
कवि सन्ध्या पहाडीले धामीको कृतिबाट कविता वाचन गर्दै कार्यक्रमलाई साहित्यिक रंगमा रंगाइन्।

सञ्चालन साहित्यकार मुरारी सिग्देलले गरे।
कार्यक्रम तारा–किशन फाउन्डेसन, न्यूयोर्कको सहकार्यमा सम्पन्न भयो।
Comments: