मानसिह साउद न्युयोर्कमा सम्मानित

tara kishan

मानसिह साउद न्युयोर्कमा सम्मानित

१३ जेठ, न्युयोर्कः हाल आफ्नो निजि भ्रमणमा रहेका चौलानी पुस्तक भण्डारका अध्यक्ष श्री मानसिह साउद न्युयोर्कमा सम्मानित हुनु भयो । सन् २०१८ मा न्युयोर्कका नेपाली कवि र कविता पुस्तक प्रकासन गरेर प्रवासमा बस्ने जो कोहि नेपालीलाई लेखनमा हौसला दिइरहने चौलानी पुस्तक भण्डारका अध्यक्ष एक समारोहका बिच पुस्तकमा समावेस भएका कविहरू अनेसास न्युयोर्क च्याप्टरका महासचिव, कवि जानुका वस्ती ढकाल, गीतकार तथा कवि पद्मालिखा मगर, कवि गीता पंथ पराजुली र उक्त पुस्तकका सम्पादकद्वय मध्येका एक किशनसिंह धामीले संयुक्त रूपमा खादा ओढाएर सम्मान पत्र टक्या्रउनु भएको थियो ।

tara kishan

कवि किशनसिंह धामी भन्नुहुन्छ “नेपालको सुदूरपश्चिमको धनगढी रहेर पुस्तक प्रकाशन र वितरण जस्तो कठिन व्यवसायमा संलग्न भई दूरदराजसम्म पठन संस्कृतिको विकास गर्न उहाँले पुर्‍याउनु भएको योगदान महत्वपूणर् रहेको छ । अहिलेको सन्दर्भमा पुस्तक प्रकाशनको काम व्यवसाय भन्दा पनि समाजसेवा जस्तो हुन पुगेको छ । पुस्तक प्रकाशन र वितरण गरेर नाफा कमाउन निकै मुश्किल हुने यथार्थ बुझेर पनि यो क्षेत्रमा तल्लीन हुनु यहाँको पुस्तक प्रेमको उपज नै हो । ”

tara kishan
सोहि अवसरमा प्रवासमा बसेका नेपाली कविहरू समिटिएका कबिता प्रकाशन गर्न पाउँदा हामी खुशी भएका छौं भन्नु भयो । कविहरूको तर्फबाट कवि गीता पंथ खत्रीले प्रबासमा बसेका कविहरूका भावना बिचारहरूलाई आम पाठक सामुन्ने पुगाएकोले बधाई दिनु भयो
कवि जानुका वस्ती ढकालले न्युयोर्कका नेपाली कवि र पविता पुस्तकलाई प्रकासन गरेर नेपालको कुना कुना सम्म पुगाएर नेपाली साहित्यलाई आम पाठकसमक्ष पुगाएको हुनाले हार्दिक धन्यबाद दिनुभयो पवि पद्माल हामीले प्रकाशकलाई यसरी छोटो समयमा भए पनि भेटन पाएकोले धेरै खुशी छौ भन्नुभयो ।


Comments: