कविता किताब विक्रीको रकमबाट न्याना कपडा वितरण
रे समाचार/काठमाडौं । अमेरिकामा स्थापना भएको नेपाली सामाजिक संस्था तारा-किशन फाउन्डेसनले नेपालका फरक क्षमता भएका व्यक्तिहरूलाई जाडोको न्याना कपडा र खाद्यान्न वितरण गरेको छ ।
संस्थाका सल्लाहकार कवि किशनसिंह धामीको अंग्रेजी कविता किताब ‘एटलान्टिक’ को अमेजनबाट बिक्री प्राप्त भएको रकमबाट संस्थाका संरक्षक तारा धामीको अनुरोधमा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको जनाइएको छ ।
फाउन्डेसनका प्रतिनिधि राज तिमल्सेनाले बाल अपांग टेवा संस्थाबूढानीलकन्ठमा आश्रित फरक क्षमता भएका २५ जना बालबालिकालाई ती सामग्री वितरण गर्नुभएको थियो । संस्थाका संचालक डेन्डी शेर्पाले सहयोगका लागि फाउन्डेसनलाई धन्यवाद दिंदै भविष्यमा पनि यस्ता सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो ।
Comments: