यसरी मनाईयो अमेरिकाको न्यूयोर्कमा गौरा र हरितालिका तिज

teej celebration in America

यसरी मनाईयो अमेरिकाको न्यूयोर्कमा गौरा र हरितालिका तिज

कैलाली- अमेरिकाको न्यूयोर्कमा गौरा पर्व र हरितालिका तिज पर्व विभिन्न कार्यक्रम गरि मनाईएको छ। सुदूरपश्चिमको महान पर्व गौरा र हरितालिका तिजको अवसरमा तारा-कृष्ण फाउण्डेशन (आईएनसी)का संयोजक तारा धामीले अमेरिकाको न्यूयोर्कमा विभिन्न कार्यक्रम गरि मनाएको हो।

teej celebration in America

teej celebration in America

‘बिरूडा र दर खाउॅ, तिज गीतमा रमाउॅ” भन्ने नाराका साथ सुरु भएको कार्यक्रममा महिलाहरु नाचगान र डेउडामा रमाएका थिए। न्यूयोर्क र न्युजर्सीका झण्डै १३१ जना गौरा पर्व र हरितालिका तिज कार्यक्रममा सहभागि भएका थिए। न्युयोर्कका झण्डै ५१ वटा नेपाली संस्थाहरू तथा प्रतिष्ठित ब्यक्तिहरूलाई मायाको चिह्नो बितरण गरिएको थियो।



सुदुर पश्चिमका महिला तथा न्युयोर्कका नेपाली समाजका चिरपरिचित बिशिष्ठ साहित्यकार कलाकार, वकिल, समाजसेवीको बाक्लो उपस्थिति रहेको फाउण्डेशनका संयोजक धामीले बताए। उनले कार्यक्रममा सहभागि महिलाहरुलाई उपहार दिनुका साथै स्वागत गरेको धामीले बताए। फाउण्डेशनले २०१७ देखि न्यूयोर्कमा गौरा पर्व मनाउँदै आईरहेको छ।

teej celebration in America

teej celebration in America

teej celebration in America

teej celebration in America

teej celebration in America

teej celebration in America

teej celebration in America

Source : www.mahendranagarpost.com


Comments: